ad

खेल मैदान व्यबस्थित गरिने ।


पथरीशनिश्चरे, ३ वैशाख
      मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा रहेका खेल मैदानहरुको तथ्याङ्क संकलन गरी त्यसलाई व्यवस्थित गरिने भएको छ । 
      नगरपालिकाको नगर खेलकुद विकास समितिको वैठकले नगरका १० वटा वडाभित्रका खेलमैदानहरुको तथ्याङ्क संकलन गरी त्यसलाई व्यवस्थित गर्न योजना वनाउने निर्णय भएको समिति संयोजक मणि लिम्बूले वताउनु भएको छ । अन्य ठाउँ र अन्य देशको रंगशालाको समेत अवलोकन गरी नगरमा एउटा वहुउद्धेश्यीय रंगशाला निर्माणको प्रस्ताव अघि बढाउने योजना रहेको उहाँले उल्लेख गर्नुभएको छ ।       यसैगरी, वैठकले उपाध्यक्ष सन्तोष कटुवालको संयोजकत्वमा ५ सदस्यीय खेलकुद कार्यविधि मस्यौदा समिति निर्माण गरेको छ । समिति सदस्यमा, मोहन गौतम, नविनजंग कार्की, राधिका चाम्लिङ र अभिषेक भट्टराई रहनु भएको छ । जसको सल्लाहकारमा नगर सूचना संयोजक भूपेन्द्र तिम्सिना र कानूनी सल्लाहकार दीपक राई रहनु भएको छ ।       वैठकले, नगरमा खेलकुदको व्यवस्थापनका लागि छुट्टै समिति निर्माण गरेर खेलकुदको मर्म र महत्वलाई आत्मसाथ गरेको भन्दै नगरपालिका कार्यालयलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
 

लखनपुरमा आजदेखी पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता

लखनपुर चैत २५ ।  झापाको लखनपुरमा आज शुक्रवारदेखि पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सुरु हुँदैछ ।  कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा

सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सको बिजयी शुरुवात

धनगढि चैत २८ । सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सले सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेका छन ।  उद्घाटन खेलमा काठमाण्डौ

पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा

लखनपुर चैत २८ । बिर्तामोड युनाईटेड झापाको लखनपुरमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता को सेमीफाईनलमा प्रबेश गरेको छ ।  स्थानीय आदिवासी

शरदको टिम सँग पारसको टिम पराजित

धनगढि चैत २९ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले पारस खड्का कप्तान रहेको धनगढी