ad

बाम एकता प्रक्रियाले थप गति पाउदै ।


काठमाडौ चैत २६ ।
एमाले र माओवादी केन्द्रले बाम एकता प्रक्रियाबारे आजदेखि पुनः छलफल शुरु गर्दैछन् । 
प्रधानमन्त्री केपी ओली भारतको ३ दिने औपचारिक भ्रमणबाट स्वदेश फर्किएलगत्तै पार्टी एकताबारे छलफल हुन लागेको हो । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले आगामी बैशाख ९ गतेभित्र पार्टी एकता गर्ने सहमति भईसकेकाले विवादित केही विषयमा आजैबाट छलफल हुने जानकारी दिनुभयो ।  राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले एकता सम्बन्धी प्रतिवेदन बुझाएपनि निर्वाचन चिन्ह लगायत केही बिषयमा अझै सहमति जुटिसकेको छैन । मुख्य सल्लाहकार रिमालले एकता संयोजन समितिको छिट्टै बस्ने बैठकले एकता प्रक्रियालाई टुङ्ग्याउने जानकारी दिनुभयो । त्यसअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सम्भवतः आज भेट हुने नेताहरुको भनाई छ । यसअघि प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएलगत्तै पार्टी एकताबारे ठोस सहमतिमा पुग्ने एकता संयोजन समितिले निर्णय गरेको थियो ।
 

अवहेलना मुद्धामा देउवालाई कारण देखाउ आदेश जारी

काठमाडौ चैत २४ ।  अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको छ

निर्णायक भनिएको बैठक बस्दै नबसी स्थगित

काठमाडौ चैत २८ ।  मधेशी मोर्चाका नेताहरु अन्तिम समयमा काठमाडौं बाहिर गएपछि निर्णायक भनिएको सत्तारुढ दलसँगको वार्ता स्थगित भएको छ

गृहमन्त्रीको राजीनामा माग

काठमाडौ  चैत २८ ।  एमाले लगायत दलका सांसदले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन्

नेपालको संविधान दोश्रो संशोधन विधेयक फिर्ता

काठमाडौ चैत २९ ।  सरकारले ब्यवस्थापिका संसदमा बिचाराधीन नेपालको संविधान दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ ।  मधेसी मोर्चाको माग सम्बोधनका लागि

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display