ad

आणविक समस्या अन्त्य हुने संकेत ।


एजेन्सी चैत २६ ।
उत्तर कोरियाले आणविक कार्यक्रमको भविष्यबारे अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएको छ । नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच हुने भेटमा आणविक निशस्त्रीकरणबारे वार्ता गर्ने प्रतिवद्धता उत्तर कोरियाले जनाएको अमेरिकी अधिकारीहरुले बताएका छन् । यसअघि उत्तर कोरियले दक्षिण कोरियासमक्ष आणविक हतियार निशस्त्रीकरणबारे वार्ता गर्न तयार रहेको बताएको थियो । दुई नेताबीच आगामी मेमा वार्ता हुने गरी तयारी तीब्र पारिएको बीबीसीले उल्लेख गरेको छ । त्यसका लागि दुवै मुलुकका गुप्तचर अधिकारीहरुले पटकपटक छलफल गरिसकेको बताइएको छ । दुई नेताबीच भेट हुने स्थानलगायतबारे भने खुलाइएको छैन । यद्यपी उत्तर कोरियाले राजधानी प्योङयाङमा वार्ता गर्न चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उसले मंगोलियाको राजधानी उलानबाटरमा पनि वार्ता गर्न सकिने विकल्प अघि सारेको छ । 
 

सिरियाको भविश्यलाई लिएर असदको कुनै भुमिका रहन्न ः अमेरिका

डेस्क चैत २५ । सिरियामाथिको सम्भावित सैन्य कारबाही बारे अमेरिकाले छलफल थालेको छ ।  सिरियाका नागरिकको सुरक्षाबारे भन्दै अमेरिकाको रक्षा मन्त्रालय

भेनेजुएलाली राष्ट्रपतिद्धारा बिपक्षीलाई बार्ताका लागी आह्वान

डेस्क बैशाख ११ । भेनेजुएलामा सरकारबिरोधी आन्दोलन तथा प्रदर्शन जारी रहदा राष्ट्रपति निकोलस मदुरोले वार्ताका लागि विपक्षीलाई आह्वान गर्नुभएको छ

उत्तरले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको छ ःदक्षिण कोरिया

काठमाडौ बैशाख १३ ।  उत्तर कोरियाली सेनाले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको दक्षिण कोरियाले आरोप लगाएको छ ।  दक्षिण कोरियाले जारी गरेको

ट्रम्प विरुद्ध बेलायतमा व्यापक प्रदर्शन

डेस्क बैशाख १५ । बेलायती मानवअधिकारकर्मीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन गरेका छन् ।  बेलायतस्थित अमेरिकी राजदूतावास