ad

नँया बजेटको चटारो ।


काठमाडौ  चैत २६ ।
अर्थमन्त्रालयले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट तयारी तिब्र पारेको छ ।
 स्थानीय तहको विकासलाई पहिलो प्राथमिकतामा राखेर बजेट गृहकार्य तिब्र पारिएको अर्थले जनाएको छ । यसअघि ऊर्जा, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई प्रमुख मानेर केन्द्रीत बजेट निर्माण हुँदै आएकोमा अबदेखि सिधै स्थानीय निकाय केन्द्रीत पहिलो संघीय वजेटको तयारी भएको हो । नवनियुक्त अर्थसचिव राजन खनालले पनि पहिलो संघीय बजेट स्थानीय तहलाई पहिलो प्राथमिकतामा राखेर बनाईने बताउनुभएको छ । प्रत्येक बर्षको जेठ १५ मा बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था अनुसार अर्थले बजेट छलफल तिव्र पारेको हो । सरकारले यो बर्ष १२ खर्ब ९३ अर्ब रुपैयाँ हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । अर्थतन्त्रका अधिकांश सुचकहरु नकारात्मक रहेको अवस्थामामा जनअपेक्षा अनुसारको बजेट ल्याउन सरकारलाई चुनौती रहेको सचिव खनालले बताउनुभयो । नवनियुक्त सचिव खनालले आजैदेखि कार्यभार सम्हाल्दै हुनुहुन्छ ।  यसैबीच अर्थमन्त्रालयले बजेटमा समावेश गर्नुपर्ने बिषयबारे सर्वसाधरण र सरोकारवालालाई सुझावका लागि आह्वान गरेको छ । अर्थमन्त्रालयको वेवसाईट धधध.नयख.लउ मा गएर बजेटमा समावेश गरिनुपर्ने महत्वपुण सुझावहरु पेश गर्न सरोकारवाला सबैलाई अर्थले आह्वान गरेको हो । 

अब नेपाल टेलिकमको डाटाबाट वेबसाइट खोल्दा पैसा लाग्दैन !

 काठमाडौ। नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी

सुनको भाउ सामान्य घट्यो ।

काठमाडौं, वैशाख १४ ।          नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको छ ।  अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँ सस्तिएको हो

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

डेस्क,बैशाख१७ सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज प्रति तोला सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले

वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने राष्ट्र बैंकका डेपुटि गभर्नरको चेतावनी

उर्लाबारी, २४ वैशाख । नेपाल राष्ट्र बैंकका डेप्युटी गर्भनर चिन्तामणी सिवाकोटीले वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने