ad

फाल्गुनन्द मार्गका लागी बजेट छुट्याउन माग ।


दमक चैत ६ ।
झापाको दमकदेखि इलाम हुदै पाँचथरको रविसम्म जोडिने निर्माणाधीन फाल्गुनन्द मार्ग निर्माणका लागि उपभोक्ताहरुको एक टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटेर बजेट छुटयाउन ध्यानाकर्षण गराएको छ । 
कालोपत्रेसहितको सडक बनाउन दमक–रवि चिसापानी ( फाल्गुनन्द मार्ग ) निर्माण उपभोक्ता समितिको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माग पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।  समितिका अध्यक्ष रेवतराज पुरी ( गगन ) ले सो सडकको विस्तृत सर्वेक्षण प्रतिवेदनमा उल्लेख भए  अनुसार १ अर्ब ७५ करोड रुपैयाँ वजेट बिनियोजन गरिदिन सरकारसंग माग गरिएको बताउनु भयो ।  सो सडकको एक महिनाअघि मात्र ट्रयाक पूर्ण रुपमा खोलिएको छ ।  ज्ञापनपत्र बुझ्दै प्रम ओलीले निर्माणाधीन दमक–रवि सडकलाई पूर्णता दिन वर्तमान सरकारले उच्च प्राथमिकता दिने आश्वासन दिएका बताइएको छ । यस्तै टोलीले अर्थमन्त्रालयका अधिकारीहरुसंग समेत सडकको बारेमा छलफल गरेको छ ।
 टोलीमा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, झापा–१ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र कुमार कार्की, कांग्रेस सासंद महेन्द्रकुमारी लिम्बु समेत सहभागि थिए ।  
 

अब नेपाल टेलिकमको डाटाबाट वेबसाइट खोल्दा पैसा लाग्दैन !

 काठमाडौ। नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी

सुनको भाउ सामान्य घट्यो ।

काठमाडौं, वैशाख १४ ।          नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको छ ।  अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँ सस्तिएको हो

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

डेस्क,बैशाख१७ सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज प्रति तोला सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले

वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने राष्ट्र बैंकका डेपुटि गभर्नरको चेतावनी

उर्लाबारी, २४ वैशाख । नेपाल राष्ट्र बैंकका डेप्युटी गर्भनर चिन्तामणी सिवाकोटीले वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने