ad

प्रदेशको बिकासका लागी सबै मिल्नुपर्छ ः–राई


विराटनगर चैत ६ ।
एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजनितिक आस्था विचार भन्दामाथी उठेर समग्र प्रदेशको आर्थिक विकासका लागी सवैदल मिलेर अघि वढनुपर्ने वताउनु भएको छ । 
 गिरिजाप्रसाद कोइरालाको आठौ पुण्यतिथिको अवसरमा विराटनगरमा आज आयोजित विचारगोष्ठीलाई सम्वोधन गर्नुहुदै उहाले अहंकार र दम्वलाई त्यागेर एक नम्वरलाई नमुना प्रदेश वनाउन अघि वढनुपर्नेमा जोड दिनुभयो ।  मुख्यमन्त्री राईले गिरिजाप्रसाद कोइरालाको अगुवाईमा मुलुकमा ठुलो राजनितिक उपलव्धि हासिल भएको चर्चा गर्नुभयो । उहाले गिरिजा प्रसाद कोइरालाको सम्झनामा गिरिजा प्रसाद कोइरालाला संग्रालय स्थापनागर्न प्रदेश सरकार तत्पर रहेको वताउनुभयो ।  उहाले प्रदेश सरकार संग अहिले पुर्ण वहुमत भएपनी एक नम्वर प्रदेशका स्थाई राजधानी तथा प्रदेशका नामाकरण गर्ने विषयमा सवैदलसंग सहमती गरेर मात्र निर्णयगर्ने बताउनुभयो । कार्यक्रमा वोल्दै नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले एक नम्वर प्रदेशको समग्र विकासका लागी कांग्रेसले सक्दो सहयोगगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गिरिजा प्रसाद कोइराला फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनितिमा गिरिजा प्रसाद कोइरालाको भुमिकाको चर्चा गर्नुभयो । कार्यक्रममा एक नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कार्की, कांग्रेस प्रदेश संशदियदलका नेता राजिव कोइरालाल , विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्कीले गिरिजाप्रसाद कोइरालको योगदानको चर्चा गर्नुभयो । त्यस अवसर गिरिजा प्रसाद कोइरालाको विषयमा वृतचित्र प्रर्दशनी आयोजना गरिएको थियो । 
 

अवहेलना मुद्धामा देउवालाई कारण देखाउ आदेश जारी

काठमाडौ चैत २४ ।  अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाममा कारण देखाउ आदेश जारी गरेको छ

निर्णायक भनिएको बैठक बस्दै नबसी स्थगित

काठमाडौ चैत २८ ।  मधेशी मोर्चाका नेताहरु अन्तिम समयमा काठमाडौं बाहिर गएपछि निर्णायक भनिएको सत्तारुढ दलसँगको वार्ता स्थगित भएको छ

गृहमन्त्रीको राजीनामा माग

काठमाडौ  चैत २८ ।  एमाले लगायत दलका सांसदले उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन्

नेपालको संविधान दोश्रो संशोधन विधेयक फिर्ता

काठमाडौ चैत २९ ।  सरकारले ब्यवस्थापिका संसदमा बिचाराधीन नेपालको संविधान दोस्रो संशोधन विधेयक फिर्ता लिएको छ ।  मधेसी मोर्चाको माग सम्बोधनका लागि

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display