ad

ट्रम्प विरुद्ध बेलायतमा व्यापक प्रदर्शन

डेस्क बैशाख १५ ।
बेलायती मानवअधिकारकर्मीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन गरेका छन् । 
बेलायतस्थित अमेरिकी राजदूतावास बाहिर भेला भएर अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन् । ट्रम्पले सत्ता सम्हालेको एक सय दिन मानव अधिकारका दृष्टिकोणले सन्तोषजनक नभएको भन्दै उनीहरुले विरोध गरेका हुन् । प्रदर्शनकारी अमेरिकी राजदूतावास बाहिर करिब आधा घण्टा एक हातमा मशाल लिई अर्काे हातमा ‘शरणार्थीको स्वागत गर’, ‘शरणर्थीमाथि प्रतिबन्ध नलगाऊ’ भन्ने भावका नारा लेखिएका प्लेकार्ड बोकी मौन प्रदर्शन गरेका हुन् । एम्नेष्टी इन्टरनेसनलको आयोजनामा भएको प्रदर्शनमा अधिकारकर्मीहरुले ट्रम्पको एक सय दिनको कार्यकालमा मानवअधिकार उल्लंघन हुने गरी धेरै काम भएको आरोप लगाएका छन् । एम्नेष्टीले यसै हप्ता एक सय दिन पुगेको ट्रम्प प्रशासनले लिएका केही मुशलमान मुलुकलाई लक्षित गरी आएको भ्रमणमा प्रतिबन्ध, मेक्सिकोको सिमाक्षेत्रमा बार लगाउने लगायत कैयौं निर्णयको आलोचना गर्दै आएको छ ।
 

सिरियाको भविश्यलाई लिएर असदको कुनै भुमिका रहन्न ः अमेरिका

डेस्क चैत २५ । सिरियामाथिको सम्भावित सैन्य कारबाही बारे अमेरिकाले छलफल थालेको छ ।  सिरियाका नागरिकको सुरक्षाबारे भन्दै अमेरिकाको रक्षा मन्त्रालय

भेनेजुएलाली राष्ट्रपतिद्धारा बिपक्षीलाई बार्ताका लागी आह्वान

डेस्क बैशाख ११ । भेनेजुएलामा सरकारबिरोधी आन्दोलन तथा प्रदर्शन जारी रहदा राष्ट्रपति निकोलस मदुरोले वार्ताका लागि विपक्षीलाई आह्वान गर्नुभएको छ

उत्तरले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको छ ःदक्षिण कोरिया

काठमाडौ बैशाख १३ ।  उत्तर कोरियाली सेनाले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको दक्षिण कोरियाले आरोप लगाएको छ ।  दक्षिण कोरियाले जारी गरेको

उत्तरको मिसाईल परीक्षण असफल भएको दक्षिण कोरियाको दावी

डेस्क बैशाख १६ ।              उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तरी क्षेत्रबाट