ad

अब नेपाल टेलिकमको डाटाबाट वेबसाइट खोल्दा पैसा लाग्दैन !

 काठमाडौ।

नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी यो ब्यवस्था गरिएको टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

नेपाल सरकारका वेबसाइटहरु टेलिकमको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न समेत सकिने भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निःशुल्क हेर्न सकिने नेपाल सरकारका उल्लिखित वेबसाइटहरुको सूची कम्पनीको वेबसाइटमा उपलब्ध गराइएको राजभण्डारीले बताइन् ।

यस्तै गरी टेलिकमले फरक(फरक सिष्टमबाट बिलिङ्ग तथा ग्राहकसेवा हुँदै आएका कम्पनीका बिभिन्न सेवाहरुलाई एउटै सिष्टम भित्र ल्याउने परियोजना अन्तर्गत २०७४ बैशाख १० गते देखि एफटीटीएएच र एडीएसएल सेवाको बिलिङ्ग कन्भर्जेन्ट रियल टाइम बिलिङ्ग सिष्टमबाट गर्न थालिएको छ । यसअघि नै सिडिएमए, जिएसएम र वाईम्याक्स सेवालाई कन्भर्जेन्ट बिलिङ्ग सिष्टममा लगि सकिएको थियो भने पीएसटीएनलाई सीआरटीबी मा माइग्रेसन गर्नको लागि आवश्यक तयारी भैरहेको छ ।

 

सुनको भाउ सामान्य घट्यो ।

काठमाडौं, वैशाख १४ ।          नेपाली बजारमा बिहीबार सुनको भाउमा केही कमी आएको छ ।  अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक सय रुपैयाँ सस्तिएको हो

सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

डेस्क,बैशाख१७ सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज प्रति तोला सुन ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले

वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने राष्ट्र बैंकका डेपुटि गभर्नरको चेतावनी

उर्लाबारी, २४ वैशाख । नेपाल राष्ट्र बैंकका डेप्युटी गर्भनर चिन्तामणी सिवाकोटीले वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने

वित्तिय सुशासन पालना नगर्ने कुनैपनि बैंक कारबाहीको भागिदार बन्ने राष्ट्र बैंकका डेपुटि गभर्नरको चेतावनी

उर्लाबारी, २४ वैशाख ।                         नेपाल राष्ट्र बैंकका डेप्युटी गर्भनर चिन्तामणी सिवाकोटीले वित्तिय सुशासन पालना नगर्ने