ad

ब्राजीलमा अन्धाधुन्ध गोली प्रहारबाट १४ जनाको ज्यान गयो ।


एजन्सी माघ, १४ ।
ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । 
ब्राजिलको उत्तर–पूर्वी क्षेत्र फोरटाजेलास्थित फोर्राे डो गागा क्लबमा तीन वटा कारमा आएका बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । मारिनेमा दुई जना बालबालिका समेत रहेको बताइएको छ । हमलामा केही व्यक्ति घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुले हमलामा लागूऔषध तस्करीमा संलग्न रहेकाहरु भएको जनाएका छन् । अघिल्लो वर्ष ब्राजिलको सिएरा प्रान्तमा ५ हजार १ सय १४ जनाको हत्या भएको थियो । सन् २०१५ मा पनि एक नाइट क्लबमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको थियो ।
 

सिरियाको भविश्यलाई लिएर असदको कुनै भुमिका रहन्न ः अमेरिका

डेस्क चैत २५ । सिरियामाथिको सम्भावित सैन्य कारबाही बारे अमेरिकाले छलफल थालेको छ ।  सिरियाका नागरिकको सुरक्षाबारे भन्दै अमेरिकाको रक्षा मन्त्रालय

भेनेजुएलाली राष्ट्रपतिद्धारा बिपक्षीलाई बार्ताका लागी आह्वान

डेस्क बैशाख ११ । भेनेजुएलामा सरकारबिरोधी आन्दोलन तथा प्रदर्शन जारी रहदा राष्ट्रपति निकोलस मदुरोले वार्ताका लागि विपक्षीलाई आह्वान गर्नुभएको छ

उत्तरले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको छ ःदक्षिण कोरिया

काठमाडौ बैशाख १३ ।  उत्तर कोरियाली सेनाले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको दक्षिण कोरियाले आरोप लगाएको छ ।  दक्षिण कोरियाले जारी गरेको

ट्रम्प विरुद्ध बेलायतमा व्यापक प्रदर्शन

डेस्क बैशाख १५ । बेलायती मानवअधिकारकर्मीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन गरेका छन् ।  बेलायतस्थित अमेरिकी राजदूतावास