ad

एफबीआईलाई सहयोग गर्न ट्रम्प तयार ।


एजेन्सी माघ ११ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संघीय जाँच ब्यूरो एफ.बि.आईले गर्ने कुनै पनि छानविनमा सहयोग गर्न तयार भएका छन् । 
राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले एफ.बि.आई.का अनुसन्धानकर्ता रोबर्ट म्युलरलाई अन्तर्वार्ता दिन आफू तयार रहेको बताएका हुन् । म्युलरले छानविनका लागि राष्ट्रपति ट्रम्पसँग बयान लिने बताइए पनि मिति भने तय भएको छैन । ट्रम्पले अबको दुईदेखि तीन साताभित्र बयानका लागि अन्तर्वार्ता हुने अनुमान गरेका छन् । एफ.बि.आईले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे छानबिन गरिरहेको छ । छानबिनकै क्रममा एफ.बि.आई प्रमुख जेम्स कोमीलाई गत मे मा पदबाट हटाएपछि राष्ट्रपति ट्रम्पको ब्यापक आलोचना भएको थियो ।
 

सिरियाको भविश्यलाई लिएर असदको कुनै भुमिका रहन्न ः अमेरिका

डेस्क चैत २५ । सिरियामाथिको सम्भावित सैन्य कारबाही बारे अमेरिकाले छलफल थालेको छ ।  सिरियाका नागरिकको सुरक्षाबारे भन्दै अमेरिकाको रक्षा मन्त्रालय

भेनेजुएलाली राष्ट्रपतिद्धारा बिपक्षीलाई बार्ताका लागी आह्वान

डेस्क बैशाख ११ । भेनेजुएलामा सरकारबिरोधी आन्दोलन तथा प्रदर्शन जारी रहदा राष्ट्रपति निकोलस मदुरोले वार्ताका लागि विपक्षीलाई आह्वान गर्नुभएको छ

उत्तरले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको छ ःदक्षिण कोरिया

काठमाडौ बैशाख १३ ।  उत्तर कोरियाली सेनाले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको दक्षिण कोरियाले आरोप लगाएको छ ।  दक्षिण कोरियाले जारी गरेको

ट्रम्प विरुद्ध बेलायतमा व्यापक प्रदर्शन

डेस्क बैशाख १५ । बेलायती मानवअधिकारकर्मीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन गरेका छन् ।  बेलायतस्थित अमेरिकी राजदूतावास