ad

भेनेजुएलाली राष्ट्रपतिद्धारा बिपक्षीलाई बार्ताका लागी आह्वान

डेस्क बैशाख ११ ।
भेनेजुएलामा सरकारबिरोधी आन्दोलन तथा प्रदर्शन जारी रहदा राष्ट्रपति निकोलस मदुरोले वार्ताका लागि विपक्षीलाई आह्वान गर्नुभएको छ ।
 उहाँले समस्या समाधानका लागि वार्ता आवश्यक रहेको भन्दै त्यसका लागि विपक्षीलाई आग्रह गर्नुभएको हो । उहाँले स्थानीय तह निर्वाचनको मिति समेत घोषणा गर्न चाहेको भन्दै त्यसका लागि छलफल आवश्यक रहेको बताउनुभयो ।

एक टेलिभिजनलाई अन्तरवार्ता दिदै मदुरोले राज्यको निर्वाचन चाहेको बताएपछि राष्ट्रपतीय निर्वाचनबारे भने केही उल्लेख नगरेको बीबीसीले जनाएको छ । भेनेजुएलामा करिब १ महिनायता सरकारबिरोधी प्रदर्शन जारी छ । प्रदर्शनकारीले राष्ट्रपति मदुरोलाई राजिनामा दिन तथा आगामी बर्षका लागि तोकिएको निर्वाचनको मिति अगाडी सार्न माग गरेका छन् । मुलुकमा देखिएको आर्थिक संकटमा सरकार जिम्मेवार भएको विपक्षीको आरोप छ ।
 

सिरियाको भविश्यलाई लिएर असदको कुनै भुमिका रहन्न ः अमेरिका

डेस्क चैत २५ । सिरियामाथिको सम्भावित सैन्य कारबाही बारे अमेरिकाले छलफल थालेको छ ।  सिरियाका नागरिकको सुरक्षाबारे भन्दै अमेरिकाको रक्षा मन्त्रालय

उत्तरले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको छ ःदक्षिण कोरिया

काठमाडौ बैशाख १३ ।  उत्तर कोरियाली सेनाले ठुलो मात्रामा तोपहरु तयारी अवस्थामा राखेको दक्षिण कोरियाले आरोप लगाएको छ ।  दक्षिण कोरियाले जारी गरेको

ट्रम्प विरुद्ध बेलायतमा व्यापक प्रदर्शन

डेस्क बैशाख १५ । बेलायती मानवअधिकारकर्मीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा प्रदर्शन गरेका छन् ।  बेलायतस्थित अमेरिकी राजदूतावास

उत्तरको मिसाईल परीक्षण असफल भएको दक्षिण कोरियाको दावी

डेस्क बैशाख १६ ।              उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तरी क्षेत्रबाट