ad

लखनपुरमा आजदेखी पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता

लखनपुर चैत २५ ।
 झापाको लखनपुरमा आज शुक्रवारदेखि पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
 कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा नन्द–चन्द्रकुमारी आङदेम्बे स्मृति नकआउट फुटबल प्रतियोगिता सुरु हुन लागेको हो । बैशाख २ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा आज प्रहरी तालिम केन्द्र विराटनगर र सैनिक युथ क्लब सैनिकबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह २ बजे सुरु हुने आयोजक नन्द–चन्द्रकुमारी आङदेम्बे स्मृति प्रतिष्ठानका अध्यक्ष गणेश आङदेम्बेले जानकारी दिनुभयो ।

पूर्वका चर्चित ८ वटा टिमको सहभागीता रहने प्रतियोगिताको विजेताले एक लाख १ सय ११ तथा उपविजेताले ५० हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । आज एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेले गर्ने कार्यक्रम छ । 
 

सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सको बिजयी शुरुवात

धनगढि चैत २८ । सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सले सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेका छन ।  उद्घाटन खेलमा काठमाण्डौ

पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा

लखनपुर चैत २८ । बिर्तामोड युनाईटेड झापाको लखनपुरमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता को सेमीफाईनलमा प्रबेश गरेको छ ।  स्थानीय आदिवासी

शरदको टिम सँग पारसको टिम पराजित

धनगढि चैत २९ । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले पारस खड्का कप्तान रहेको धनगढी

खड्काको धनगढि टिम चौराहाको पहिलो जित,भेषवाकरको बिराटनगर किंग्स सेमीफाईनल नजिक

धनगढि,बैसाख २     धनगडीमा जारी डीपीएल क्रिकेटमा पारस खड्काको धनगढि चौराहाले पहिलो जित निकाल्दा शरद भेषवाकरको बिराटनगर किंग्सले लगातार तेश्रो