ad

‘सडक सुरक्षा अभियानसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम’ सम्पन्न


उर्लाबारी, २४ भदौ ।
     नेपालमा सडक दुर्घटना हुनुको मुख्य तीन कारण छन् । पहिलो कारण सडकको दुरवस्था, दोस्रो कारण जनचेतनाको कमी र तेस्रो कारण लार्पावाही ढङ्गले सवारी चलाउनु ।
      सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले आज मोरङको उर्लाबारीमा ट्राफिक प्रहरीले आयोजना गरेको ‘सडक सुरक्षा अभियानसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम’ मा सहभागीले यस्तो भनाई राखेका हुन् ।
      जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदन गिरीले गएको एक बर्षमा सडक दुर्घटनाबाट मोरङमा १०४ जनाको ज्यान गएको र सबैभन्दा बढी दुर्घटना राजमार्ग खण्डमा भएको उल्लेख गर्नुभयो । सडक दुर्घटनाबाट कस्को कतिखेर ज्याने हो, ठेगान नहुने बताउँदै ट्राफिक प्रहरी निरीक्षक गिरीले सडकको स्त्तरोन्नति, छाडा चौपाया नियन्त्रण र सिमित गतिमा सवारी चलाएर दुर्घटना न्युनिकरण गर्न सकिने बताउनुभयो ।
      उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले प्रहरी र जनप्रतिनिधिको प्रयासबाट मात्रै सडक दुर्घटना न्युनिकरण नहुने स्पष्ट पार्दै त्यसका लागि सबै नागरिकहरुको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
      समाजसेवी जयधर्म आचार्यले सडकसम्बन्धी नियम–कानुन कडाईका साथ कार्यान्वयन गरी सडक दुर्घटना न्युनिकरण गर्नुपर्ने बताउनुभयो ।
      कार्यक्रममा नयाँशक्ति नेपालका क्षेत्रीय संयोजक मनोहरी दाहाल, नेपाली कांग्रेसका नगर सभापति बीरबल थापा, अस्थायी ट्राफिक प्रहरी बिटका प्रहरी सहायक निरीक्षक लक्ष्मी ओझा, जनप्रतिनिधि भानुभक्त शर्मा पराजुली, पत्रकार रूपेन्द्र शेर्मा, भक्ति अधिकारीलगायले जनचेतना अभिबृद्धि गरी सडक दुर्घटना न्युनिकरण गर्न सकिने राय ब्यक्त गर्नुभयो ।

मोरङमा उर्जा प्रविधिबाट सिचाई शुरु

विराटनगर बैशाख १४ । मोरंङ जिल्लामा सौर्य उर्जा अर्थात सोलार प्रविधिबाट सिचाइ सुरु गरिएको छ ।    दक्षिणि मोरंगको अमाही वरियाती वार्ड न ३ मा जिल्ला

पुर्वी तराइ,तटिय क्षेत्रका बासिन्दालाइ सावाधानी अपनाउ अनुरोध

डेस्क,भदौ ११ पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी आसपासका नदी तटीय क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान

धारामा लेदो र धमीलो पानी आउन थालेपछि बिराटनगरबासी समस्यामा

विराटनगर भदौ १५ ।  वर्षा र  वाढिले खानेपानीको पाईपमा क्षति पुुर्याउदा धारामा लेदो र धमिलो पानी आउन थालेपछी विराटनगरवासी समस्यामा परेका छन

उर्लाबारीका विभिन्न सहकारीको साधारणसभा सम्पन्न

उर्लाबारी, ३१ भदौ ।       मोरङको उर्लाबारी–७ स्थित आधारशिला बहुउद्देश्यीय सहकारी संस्थाले आज छ जनालाई छात्रवृत्ती प्रदान गरेको छ ।