ad

पुर्वमा आज भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु,आधा दर्जन घाईते

उर्लाबारी चैत २४ ।
                     सुनसरीको हरिनगरा गाउँपालिका–१ मा आज ट्याक्टरको ठक्करबाट एक बालिकाकोे मृत्यु भएको छ । 
 मृत्यु हुनेमा हरिनगरा गाउँपालिका–२ बस्ने दिनेश मन्डलकी २ बर्षिया छोरी मनिषा मन्डल रहेको पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय ईटहरीले जनाएको छ । बालिकालाई बिहान ८ बजेतिर को २ त ११२९ नम्बरको ट्याक्टरले बाटोमा छेउमा खेल्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएकी बालिकालाई गोल्डेन अस्पताल विराटनगर ल्याइएकोमा उपचारको क्रममा विहान ९ बजे मृत्यु भएको हो । ट्याक्टरका चालक भने फरार रहेको खोजी भईरहेको  प्रहरी चौकी भुटाहाले जनाएको छ ।

               उता, सिरहाको लहान नगरपलिका–१० स्थित भित्री सडक खण्डमा आज ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका मंगल पाश्वानको १२ बर्षिय छोरा सुमन पाश्वान रहेका छन । सुमनलाई विहान पौने १०  बजेतिर दक्षिणबाट उतरतर्फ आउदै गरेको स १ त ५७६१ नम्बरको ट्याक्टरले खेल्ने क्रममा ठक्कर दिएको थियो ।  ठक्करबाट गम्भिर घाइते बालकको राउ स्मारक अस्पताल लहानमा उपचारको क्रममा विहान १० बजे मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर र त्यस्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ ।

                यस्तै, सुनसरीको कोशी गाउँपालिका –८ मा आज सडक छेउमा रोकी राखेको ट्रकमा बस ठोक्किदा चालक सहित ६ जना यात्री घाइते भएका छन । विहान ६ बजेतिर पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्ला विकास समितिको ढाँट नजिकै रोकिराखेको ना २ ख ९०८४ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ६ ख १९७८ नम्बरको बस ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा बसका चालक सुनसरी ईटहरी–२ बस्ने बर्ष ३८ बर्षिय नवराज निरौला, पर्वत रम्जा देउराली–६ बस्ने ४८ बर्षिय तारा बहादुर क्षेत्री, मोरङ उर्लाबारी –४ बस्ने सुरेन्द्र थापा, संखुवासभा मकालु–४ बस्ने २३ बर्षिय युटिङ शेर्पा, उदयपुर रामपुर ठोक्सीला–२ बस्ने २२ बर्षिय पुरुषोत्तम कार्की र तत्काल नाम थर वतन खुल्न नसकेका अन्दाजी २२ बर्षिय एक पुरुष घाइते भएका छन । घाइते सबैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
 

विश्व स्वास्थ्य दिवस,डिप्रेशनबारे खुलेर कुरा गरौ

डेस्क चैत २५ । विश्व स्वास्थ्य दिवस, आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्षको दिवसलाई मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । मानसिक

गुण्डा नाईके लामा माथी गोली प्रहार

काठमाडौ चैत २९ ।  प्रहरीले गुन्डा नाईने भन्दै मोस्ट वान्टेड सुचिमा राखेका दावा लामामाथी काठमाण्डौमा गोली प्रहार भएको छ ।  गौरी घाटको दिव्यश्वरी

नो हर्न प्लिज ।

काठमाडौ बैशाख १ । सरकारले आजदेखि लागु हुने गरि काठमाडौं उपत्यकामा आकस्मिक बाहेकको अवस्थामा सवारी हर्न निषेध गरेको छ ।  अनावश्यक हर्न निषेधित

एसएलसीई आजदेखी शुरु

डेस्क बैशाख १० ।  कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसीई आज शूरु भएको छ । पहिलो दिन आज विहान ७ बजे देखि अंग्रेजी विषयको परीक्षा

  • नाम:
  • पद:
लेखकबाट

Nothing to Display