ad

शरदको टिम सँग पारसको टिम पराजित

धनगढि चैत २९ ।
धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले पारस खड्का कप्तान रहेको धनगढी टिम्स चौरहालाई २३ रनले हराएको हो । 
जितका लागि १ सय ३५ रनको लक्ष्य पछ्याएको धनगढी टिम्स चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । धनगढीका अमर रौटेलाले २६ तथा अनिल मण्डलले २४ रन बनाए ।

राजु रिजाल १३ रनमा आउट भए । पारस खड्काले २ तथा आरिफ शेखले एक रन मात्र बनाउन सके । यसअघि टस हारेर पहिला ब्याटिङको अवसर पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन बनायो । उसका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४६ रन बनाए । अनिल शाहले २८, प्रनित थापा मगरले २१,  अमित श्रेष्ठले १९ तथा आशिफ शेखले १० रन बनाएका थिए ।
 

लखनपुरमा आजदेखी पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता

लखनपुर चैत २५ ।  झापाको लखनपुरमा आज शुक्रवारदेखि पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता सुरु हुँदैछ ।  कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा

सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सको बिजयी शुरुवात

धनगढि चैत २८ । सिवाईसी अत्तरिया र रुपन्देहि च्यालेञ्जर्सले सगरमाथा धनगढी प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेका छन ।  उद्घाटन खेलमा काठमाण्डौ

पुर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको सेमीफाईनल समीकरण पुरा

लखनपुर चैत २८ । बिर्तामोड युनाईटेड झापाको लखनपुरमा जारी पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिता को सेमीफाईनलमा प्रबेश गरेको छ ।  स्थानीय आदिवासी

खड्काको धनगढि टिम चौराहाको पहिलो जित,भेषवाकरको बिराटनगर किंग्स सेमीफाईनल नजिक

धनगढि,बैसाख २     धनगडीमा जारी डीपीएल क्रिकेटमा पारस खड्काको धनगढि चौराहाले पहिलो जित निकाल्दा शरद भेषवाकरको बिराटनगर किंग्सले लगातार तेश्रो